काठमाडौं । १४ मंसिरमा देशको विभिन्न जिल्लामा भएको उपनिर्वाचनमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको छ । जसमध्ये महोत्तरीमा दिउँसो २ बजेसम्म ६० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
त्यस्तै, गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ । मतदान अधिकृत कृष्ण शरण लामिछानेका अनुसार दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको हो ।
प्युठानका निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमका अनुसार ऐरावती गाउँपालिका १, २ मा अहिले सम्म ५१ दशमलव ७० प्रतिशत मत खसेको छ ।
त्यस्तै खार्पुनाथ गाउँपालिकाको पाँच केन्द्रमा भएको मतदान मध्ये दुई स्थानमा मतदान अन्तिम चरणमा पुगेको छ । शंकर आधारभुत विद्यालय र हुम्ला माध्यामिक विद्यालय राया मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको हो । मालिका माध्यामिक विद्यालय, सिता माध्यामिक विद्यालय र मान्धारा माध्यामिक विद्यालयमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । ८२ वटै मतदान केन्द्रमा जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीका अनुसार दिउँसो तीन बजेसम्म ६० प्रतिशत मत खसेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्