मकवानपुर । अवैध लागुऔषध गाँजा मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको विशेष प्रहरी टोलीले मकवानपुर जिल्ला आदालतको मिति २०७१।०३।०८ गतेको फैसला अनुरूप लागू औषध गाँजा मुद्दामा ३ वर्ष कैद सजाय तोकी फरार रहेका राक्सिराङ गाउँपालिका सरिखेत पलासे बस्ने ४४ वर्षीया मित्रलाल भन्ने किशोर लामा मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतमा पेश गरी कारागार चलान गर्ने
तर्फ आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्