काठमाडौं । गत आईतबार बानेश्वरको सडक दुर्घटनामा मृत्यु भएको सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भाग्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिएर भाग्ने बा४ख ६१४ नम्बरको बस र चालकलाई रामेछापबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।
बोगटीका अनुसार प्रहरी नियन्त्रणमा परेका सवारी चालकले आफूले दुर्घटना नगराएको बताइरहेका छन् । तर, प्रहरीले भने उक्त दुर्घटनामा उनकै गाडी संलग्न रहेको बताइरहेको छ । सवारी चालकको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।
आफ्नो प्रतिकृया दिनुहोस्