महेन्द्रनगर । शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाइका एक इन्जिनियर अढाइ लाख घुससहित पक्राउ परेका छन् ।
शुक्रबार धनगढीस्थित शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर त्रिलोक जोशीलाई अख्तियारबाट खटिएको टोलीले पक्राउ गरेको हो।
सेवाग्राहीबाट लिएको २ लाख ५० हजार रकम आफ्नो कार्यकक्षको टेबुलमुनी लुकाएको अवस्थामा उक्त रकम सहित जोशीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ।
रकमसहित पक्राउ परेका जोशीलाई थप अनुसन्धानका लागि महेन्द्रनगर लगिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्