काठमाडौं । सेवाग्राहीसँग घूस लिँदै गर्दा गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव पक्राउ परेका छन् ।
घरजग्गा एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता गर्न वडा कार्यालय आएका सेवाग्राहीसँग घूस लिएपछि वडा सचिव दिनेश बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित पक्राउ गरेको हो ।
‘घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले वडासचिव दिनेश बाँस्कोटालाई घूस वापतको २५ हजार रकम लिइसकेको अवस्थामा उक्त घूस रकमसहित गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्