महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट पिपरा गाउँपालिकाका लागि गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा विहीबार अपराह्न बम विस्फोट भएको हो ।
बिस्फोटमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । चौधरीको घरको पछाडी बम विस्फोट भएको कारण शौचालयको ढोका र पर्खालमा मात्र क्षति पुगेको हो ।
उपनिर्वाचनको तयारी अवलोकन गर्नका लागि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सोही घरमा पुगेका बेला नै विस्फोट भएको हो । चौधरीले घरलाई नै प्रचार प्रसार र व्यवस्थापनका लागि कार्यलयको रुपमा संचालन गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्