पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १७ हिमाली टोलमा आज बिहान बम बिस्फोट भएको छ। वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको घरमा पार्किङ गरेर राखिएको गाडीमा बिहान ३ बजेतिर बम विष्फोट भएको प्रहरीले जनाएको छ।
अध्यक्ष आचार्यको घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बम विस्फोट भएको हो। विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।
विस्फोट कसले गरायो भन्नेबारे अहिले सम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
सांकेतिक तस्बिर
आफ्नो प्रतिकृया दिनुहोस्