रोल्पा । माओवादी शसस्त्र बिद्रोहको उदेगमस्थल मानिने रोल्पाको थवाङमा यसपटक जम्मा २ सय ९ मत मात्र खसेको छ । थवाङ गाउँपालिका–१ को वडा अध्यक्ष चयनका लागि शनिबार भएको मतदानमा अति न्यून मत खसेको हो ।
वडामा १ हजार २ सय ४८ मतदाता रहेकामा २ सय ९ मत मात्र खसेको हो । यो जम्मा १६ दशमलव २८ प्रतिशत हो । १ सय १० जना पुरुष र ९५ जना महिला मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए ।
थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो वडामा वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्