काठमाडौं । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई १/१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् । नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्