काठमाडौं । नक्कली चेक बनाइ खातावालाको नक्कली हस्ताक्षर गरेर नगद निकाल्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर ठूलो परिमाणमा रकम निकाल्ने गरिएको तथ्य खुलेको छ । बैंकको नक्कली एटिएम कार्ड बनाएर पैसा निकाल्ने र कर्मचारीको मिलेमतोमा एउटाको खाताको पैसा अर्को खातामा सार्ने जस्ता बद्मासी भइरहेको समयमा नक्कली हस्ताक्षरबाट नगदै निकाल्ने गरिएको तथ्य फेला परेको हो । काठमाडौं प्रहरी परिसरले यस्तो कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिबाट १८ लाख रुपैयाँभन्दा बढी बरामद गरिएको हो । ‘चेक बुक पनि नक्कली बनाउने गरिएको रहेछ, नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर विभिन्न व्यक्तिको बैंकखाताबाट रकम झिक्ने गिरोहलाई हामीले पक्राउ गरेका स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्