उदयपुर । त्रियुगा नगरापालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट गराउने विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।
गत २ गते त्रियुगा नगरपालिका वडा नं.६ जलजले स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट भएको हो ।
बम बिष्फोट घटनामा संलग्न रहेका नेकपा विप्लब समुहका जिल्ला कमिटी सदस्य (युवा अध्यक्ष) ३६ वर्षीय सिद्धान्त राई र १२ वर्षीय बेचु दास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट म्याद लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्