धादिङ । सवारी ज्यान मुद्दामा फरार अभियुक्तलाई जेल चलान गरिएको छ ।
धादिङ जिल्लाको गजुरी गाँउपालिकामा बस्ने फरार अभियुक्त ३७ वर्षीय रामेश्वर सुवेदीलाई आईतवार जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको हो ।
जिल्ला अदालत धादिङबाट २०७५ वैशाख २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद ठहर भई फरार रहेका सुवेदीलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
सवेदीलाई सोमबार जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्