काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीमाथि पोखरामा आक्रमणको प्रयास भएको छ।
मतदानको पूर्बसन्ध्यामा शुक्रबार मध्यरात उनी बसेको होटलमा पुगेर नेकपा कार्यकताद्वारा आक्रमणको प्रयास भएको नेता जोशीले नेपाल लाइभलाई बताए। भने ‘मध्यरात म होटलमा पुगेर दुई जनाले सोधिखोजी गरी आक्रमण गर्ने योजना बनाएका थिए।’
उनीहरुले नेता जोशी बसेको पोखरा बुटिक होटलको रिसेप्शन तोडफोडसमेत गरेका छन्। ‘होटलका कर्मचारीले सिसि क्यामेरा रहेको जानकारी गराएपछि उनीहरु यहाँबाट भागे’, नेता जोशीले भने, ‘ ‘चुनावलाई प्रभावित गर्ने उदेश्यले नै आक्रमणको योजना बनाइएको हो। यो पराजित मानसिकताको उपज हो।’
नेता जोशी उप निर्वाचनका सिलसिलामा पोखरामा खटिएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्