अल्बानिया । मंगलबार बिहान अल्बानियामा आएको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । भूकम्प ६.४ म्याग्निच्युडको भएको र भूकम्पका कारण अरु १ सय ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
घाइते भएकाहरूको भने विभिन्न अस्पतालहरूमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जनाएका छन् । उनीहरूको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो ।
घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्