काठमाडौँ। नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज तथा पूर्व राज्यमन्त्रि नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो बानेश्वरको पिपलबोटबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। ललितपुरस्थित ncell कार्यालयमा बम आक्रमण हुँदा उनि ललितपुर ईन्चार्ज थिए।
विप्लव समूहका तत्कालिन उपत्यका इन्चार्जमा माइला लामा पक्राउ परेपछी नविनलाई उपत्यका लगायत धादिङ्ग रसुवा र नुवाकोट जिल्लाको समेत जिम्मेवारी दिईएको थियो। कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका १ घर भएका नबिन २०६४ सालको सभासद्का साथै पूर्व स्थानीय विकास राज्यमन्त्री समेत हुन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा भएको बम बिस्फोटमा समेत संलग्न रहेका नबिनको तनहुँ (राजद्रोह),सुनसरी(हातहतियार),कालिकोट(संगठित अपराध),ललितपुर(ज्यानमान उधोग) जिल्लामा समेत मुद्दा रहेको छ। उनी खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता हुन्।
आफ्नो प्रतिकृया दिनुहोस्