• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      प्रधानसेनापति थापाको निशाना : सेनामा भएका ‘घाउखटिरा’को शल्यक्रिया !

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in नेपाली सेना, ब्रेकिङ्ग समाचार, समाचार
      0
      प्रधानसेनापति थापाको निशाना : सेनामा भएका ‘घाउखटिरा’को शल्यक्रिया !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      भदौ २४, २०७६

      काठमाडौं – नेपाली सेनाभित्र विकृति र समस्या रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् ।

      मंगलवार नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा आयोजित प्रधानसेनापतिको १ वर्ष तथा प्रधानसेनापति चौथो त्रैमासिक रोलकलमा आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै थापाले संगठनभित्र भएका ‘घाउखटिरा’ले समस्या ल्याएको बताए ।

      ‘संगठनभित्र भएका घाउखटिराले समस्या निम्त्याउन सक्छ । भविष्यमा क्यान्सरजस्तो रोग पनि निम्त्याउन सक्छ,’ प्रधानसेनापति थापाले पौने ३ घण्टासम्म प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘यस्ता घाउखटिरालाई हेन्डीप्लसले टाल्ने होइन, जरैबाट शल्यक्रिया नै आवश्यक छ ।’

      नेपाली सेनामा देखिएको विकृतिलाई जरैबाट निर्मुल पार्नको निम्ति आफु कहिल्यै पछि नहट्ने उनले बताए ।

      सेनामा शून्य भ्रष्टाचार 

      नेपाली सेनामा शून्य भ्रष्टाचार सहनशीलता अपनाउन सेनापति थापाले निर्देशन दिए । ‘नेपाली सेनामा भ्रष्टाचार नहुने जनताको विश्वास छ । त्यसकारण पनि नेपाली सेनामा कुनै पनि निकायले निगरानी गर्दैन,’ थापाले भने, ‘कुनै पनि निकायले निगरानी नगर्ने भन्दैमा जनताको विश्वास जितेको सेनाले आफूहरू पनि भ्रष्टाचारलाई प्रश्रय दिने कुरै भएन ।’

      नेपाली सेनामा पनि भ्रष्टाचार शून्य सहनशीलताको लागि प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । 

      प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘मैले आफ्नो सम्पत्ति विवरण आजैदेखि सार्वजनिक गरेको छु । तपाईहरू पनि सार्वजनिक गरेर भ्रष्टाचारविरुद्ध अघि बढ्नुस् ।’

      संक्रमणका अवशेष हटाउन सघाउने 

      राजनैतिक स्थिरतासँगै देश लामो संक्रमणकालबाट बाहिरिएको छ । तर पनि संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षाले गर्दा सुरक्षा चुनौती थपिन सक्ने प्रधानसेनापति थापाले बताए ।

      संक्रमणकालका अवशेष बाँकी रहेकाले त्यसलाई निराकण गर्न पनि नेपाली सेना बाधक नहुने प्रधानसेनापति थापाले बताए । छिमेकी राष्ट्रको उन्नति तर्फको यात्रा, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिघटनाले आगामी केही समय सुरक्षा चुनौती रहेको थापाले बताए । नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यतर्फ नेपाली सेना उन्मुख रहेको थापाले वार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

      देशको प्रतिरक्षा प्रणाली, आन्तरिक सुरक्षा विना ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार नहुने प्रधानसेनापति थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

      पत्रकारको एक ट्विट

      एक पत्रकारको ट्विटले नेपाली सेनालाई आफ्नो कमी कमजोरी औल्याउन सहयोग पुगेको प्रधानसेनापति थापाले बताए । ‘पृतनापतिको बैठकमा देखिएका पानीको बोतलका विषयलाई लिएर १ जना पत्रकारले ट्विटरमा मेन्सन गर्नुभएको रहेछ । हामीले त्यसलाई मनन् गर्दै सच्याएका छौं,’ थापाले भने ।

      सोमवार सकिएको नेपाली सेनाका पृतनापतिको बैठकमा देखिएका पानीको बोतलले वातावरणलाई असर गर्ने भन्दै सिसाको भाँडो प्रयोग गर्न ती पत्रकारले सुझाव दिएका थिए ।

      ‘उहाँको सुझावलाई मनन् गर्दै हामीले आजैदेखि सिसाको भाँडोमा पानी खान थालेका छौं । यसले २ वटा कुरालाई प्रभाव पार्दो रहेछ । एक त प्लास्टिकको सामग्रीलाई निरुत्साहन, दोस्रो पानीको सदुपयोग,’ थापाले भने ।

      प्रधानसेनापति थापाले सकलदर्जाका गुनासो सुन्न ‘प्रधानसेनापति सेलकल’को शुरूवात गरेका थिए । सेलकलले नेपाली सेनाका कर्मचारीका समस्या र गुनासा सुन्ने र समाधानको लागि पहल गर्ने गर्छ ।

      सेनापतिसँग १० लाखको हिराको औंठी र हार

      प्रधानसेनापति थापाले १० लाखको हिराको औंठी र हार भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलवार सेनाको वेबसाइडमा विवरण सार्वजनिक गर्दै पैतृक सम्पत्तिबाट जुटाएको बताएका छन् । उनले ५५ तोला सुन र ५ सय ९० तोला चाँदी रहेको जनाएका छन् ।

      नयाँ समाचार

      सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

      अर्को समाचार

      मकाउ पठाइ दिने भनी १९ लाख ठगेर फरार भएका केसी पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ घण्टा अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      ११ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      ११ घण्टा अगाडि

      आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

      २ दिन अगाडि
      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      ३ दिन अगाडि
      अर्को समाचार

      मकाउ पठाइ दिने भनी १९ लाख ठगेर फरार भएका केसी पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ घण्टा अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      ११ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      ११ घण्टा अगाडि

      आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi