काठमाडौँ। नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको भरतपुर महागरपालिका–८ घर भई ललितपुर नख्खु बस्ने ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं–३० की ३४ वर्षीया सस्मिता आचार्य, सिन्धुपाल्चोकको बालचोक गाउँपालिका घर भई बौद्ध बस्ने २२ वर्षीय उमेश सुनार, सुनसरीको इनरुवा नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने ३४ वर्षीय जीवन धामी चौधरी र गोरखाको चमनुब्री गाउँपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने ६५ वर्षीया जाम्मु लामा रहेका छन्।
बिशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको टोलीले बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा नक्कली सुन लुकाएर राखेको अवस्थामा सुनसहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट स्वीस १ किलो फाइन गोल्ड ९९९.९ सि २५३७७४ लेखिएको नक्कली सुनको बिस्कुटसमेत बरामद भएको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिकृया दिनुहोस्