डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएको छ । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान अज्ञात समुहले शंकास्पद वस्तु राख्नुका साथै तालाबन्दी गरेका छन् । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको भए पनि बम भने भेटिएको छैन ।
तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्