काठमाडौं- बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट
बस्ने पाँचथर साविक यासोक-८ घर भएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई गोङ्गबुबाट
आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा प्रयाप्त रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको
१० लाख ९४ हजार ५ सय रकमको चेक २०७० असार १४ गते जारी गरेकोमा उक्त चेकबाट
नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।
उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र
१० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार
रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरी फैसला
कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
चेमजोङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा
कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा चलान भएकाे र्पहरी जनाएकाे छ ।
आफ्नो प्रतिकृया दिनुहोस्