काठमाडौं, १८ असार – काठमाडौं, पाल्पा र सिराहामा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित शुभकलश गेष्ट हाउसको १०४ नम्बरको कोठामा मंगलबार बेलुका बास बसेका काभ्रे मण्डन देउपुर नगरपालिका-३ घर भएका २६ वर्षीय प्रमोद गुरूङ सुतिरहेको विस्तारामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनीसँगै कोठामा बसेकी म्याग्दीकी २६ वर्षीया महिलालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
पाल्पा, रम्भा गाउँपालिका-३ सेरा सिम्लेघाटमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-१ हटारीनेटा घर भएका ३३ वर्षीय वीरेन्द्र मुखिया बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, बिष्णुपुर गाउँपालिका-१ गौरीपुर बस्ने ५५ वर्षीय सूर्य नारायण पासवान बुधबार बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्