काठमाडौं – गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् ।
कोटेश्वर र जडिबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका लामालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसरका प्रहरी अधिकारीले बताए ।
वि.स. २०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलेको थियो । यस्तै २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए । दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए ।
उनी मुस्कान व्युटीपार्लर समेत सन्चालन गर्दै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्