चितवन। आइसीसी विश्वकप क्रिकेट २०१९ प्रगियिोगितामा सट्टेवाजी खेलाएको अभियोगमा चितवन प्रहरीले गिरोहका नाइकेलाई पक्राउ गरेको छ।
चितवनमा सट्टेवाजी गिरोहका नाइकेका रुपमा चिनिएका मुकेश साहलाई नगद तीन लाख ५० हजार र पाँच वटा मोबाइल सहित प्रहरीले हिजो बेलुका नारायणगढबाट पक्राउ गरेको हो।
साहबाट प्रहरीले आईएमईबाट पैसा पठाएको भौचर समेत बरामद गरेको छ। साहले नेपाली तथा भारतीय नागरीकहरु समेतलाई आवद्ध गराई ठुलो रकमको सट्टेबाजी गराउँदै आएको तथा बिभिन्न समयमा सट्टेबाजीको रकम आदान-प्रदान गर्ने गरेको एवं बिगत देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साह चितवन जिल्ला कै मुख्य गिरोहको रुपमा रहेको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानवहादुर मल्लले नवलपरासी प्रतापपुर घर भई हाल चितवन भरतपुर ३ डेरा गरी बस्ने मुकेश साहको गिरोहमा अन्य सदस्यहरु पनि रहेको वताउँदै उनीहरुको पनि खोजी भईरहेको वताए। साह उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) को उपदफा ४ बमोजिम मुद्दामा अनुसन्धान कारवाही गरिने प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्