काठमाडौँ। गुल्मी जिल्लामा जन्मिएर २० बर्षको उमेरमै बिक्रम सम्बत २०५१ साल भदौ १६ गतेबाट प्रहरी संगठनमा छिरेको केटो।दुब्लो र हँसिलो स्वभाव। हातमा नेपाल ‘ल क्याम्पस’ बाट कानुनमा स्नातक र जनप्रशासन डिग्री गरेको प्रमाणपत्र बोकेका कर्मठ राष्ट्रसेवक । तल्लो दर्जाका प्रहरीको आईडल, हाकिम र कानुनप्रति इमान्दार प्रहरी निरीक्षक। इन्पेक्टर गोविन्द पन्थी।
प्रहरी निरीक्षक पन्थी प्रहरी संगठनमा रहेर उत्कृष्ठ काम गरेको भन्दै सम्माननिय राष्ट्रपतिले प्रदान गर्ने सुप्रबल जनासेवाश्री पदकबाट सम्मानित भईसकेका छन् । उनको पारिवारिक जीवनपनि उस्तै रोचक छ। प्रबिणता प्रमाणपत्र तह अध्ययन गर्दै गरेकी १९ बर्षीय शारदा मरासिनीसँग विबाह गरेका उनले विबाह पश्च्यात पनि श्रीमतीलाई पढ्ने हौसला दिँदै मास्टर डिग्री सम्म पढाए।२ सन्तानको आमा बनिसकेकी मरासिनी लोकसेवाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भई हाल उपत्यकामै कार्यरत छिन् ।शारदा (मरासिनी)पन्थीसँग उनको सफलताको बारेमा जिज्ञासा राख्दा ,उनि भन्छिन् “,जहाँ ईच्छा त्यहा उपाय।असम्भव केही छैन,गर्छु भनेर लाग्दा र पारिवारिक वातावरण राम्रो भएमा महिलाले पनि पुरुषले जत्तिकै गर्न सक्छ्न । मैले परीक्षा दिँदा ठुलै तनाबका बिचमा रहेर परिक्षा दिएकी थिए,मेरा साथिभाई इस्टमित्र कसैले पनि यसपटक मेरो परिक्षामा नाम निस्किन्छ भन्ने सोचेका थिएनन तर म पूर्ण बिस्वस्त थिए। । श्रीमानबाट पाएको सहयोग र प्रेरणाको कारणलेनै म शाखाअधिकृत बन्न सफल भएकी हुँ।”
अपराध र अपराधीका बिरुद्ध कठोर रुपमा प्रस्तुत हुने निरीक्षक पन्थी पिडित र आमनागरिक सँग भने सौहार्दपूर्ण व्यबहार गर्छन । इन्स्पेक्टर पन्थि अहिले सङठनमा तल्लो स्तरका कर्मचारीको मन जित्न सफल भएका छन् ।उनको कामकारवाहिले उच्च प्रहरी अधिकारी समेत सन्तुष्ट छन्। प्रहरी संगठनलाईनै आफ्नो परिवार सोच्ने पन्थीले तल्लो दर्जाका प्रहरीहरुको समेत समस्यालाई बिशेष प्राथमिकतामा राख्दै समस्या समाधान गर्ने गर्छन ।
सहज र सरल स्वभावका पन्थी असल प्रशासक पनि रहेको उनको मातहतमा काम गर्दै गरेका प्रहरीहरुनै बताउँछन्।
आफ्नो प्रतिकृया दिनुहोस्