काठमाडौं । प्रहरी प्रधान कार्यलयले बिभागिय नीति निर्देशनलाई आत्मसात गरि निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गर्ने गराउने कार्यमा महत्त्वपूर्ण भुमिका निर्बाह गरि प्रशासनिक ब्याबस्थापन तर्फ कुशलता पुर्बक कार्य सम्पादन गरेको भन्दै पाँच अधिकृतलाई प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले रेकर्डमा जनिने गरि जनही रु २५०० रकम सहित पुरस्कृत गरेका छन्।पुरस्कार पाउनेमा प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी उपरीक्षक दान बहादुर कार्की, प्रहरी उपरीक्षक मुकुन्द मरासिनी,
प्रहरी नायब उपरीक्षक ऋषिराम कणेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन्।
प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ र प्रहरी निरीक्षक गोविन्द पन्थीले कर्मचारी प्रशासन शाखामा रहि आइजिपी सर्बेन्द्र खनालको गतिमा अहोरात्र खटिइ एक बर्ष मै १७४४ जनाको नयाँ नियुक्ति तथा पदस्थापना,३२ हजार जनाको सरुवा ८ हजार १ सय ८७ जनाको बढुवा गरि कर्मचारीको बृती बिकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
प्रहरी उपरिक्षक दान कार्कीले महानिरीक्षकको सचिवालयमा रहि नीति निर्देशन को कार्यावन एबम समन्वयमा महत्वपूर्ण योगदान गरेका थिए। प्रहरी नायब उपरीक्षक ऋषिराम कणेलले सरुवा बढुवा भएका एबम सरुवा भै एकै ठाउँमा बर्षौ बसि अड्डा जमाएका कर्मचारीलाई आ-आफ्नो दरबन्दीमा पठाउन योगदान पुर्याएका थिए। सरुवा भएको स्थानमा लामो अबधी सम्म नपठाए पछि प्रधान कार्यलयलेले ६ बुदे कडा निर्देशन जारि गरेको थियो जसमा भनिएको थियो १५ दिन भित्र तोकिएको स्थानमा प्रत्येक कर्मचारी लाई नपठाइए कडा कार्बाही गरिने।त्यस्तो निर्देशन को सतप्रतिशत कार्यान्वयन गर्ने सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनी पुरस्कृत भएका हुन भने निर्देशनको अवज्ञा गर्ने कार्यालय प्रमुख हरुको अभिलेख राखी कडा कार्बाही गर्न आइजिपी खनालले निर्देशन दिइसकेका छन् ।
अबको केहिदिनमै त्यस्ता अधिकारीलाई कार्बाहिको दायरामा ल्याइने उनले बताए।आइजिपी सर्बेन्द्र खनाल कमान्ड सम्हाले पश्चात् राम्रो काम गर्ने ५५ सय प्रहरी कर्मचारी पुरस्कृत भएका छन भने ३६५० कर्मचारी बिभागिय नीति बिपरितका काम कारवाहीमा सङ्लग्न भएको भनी कारबाहीमा परेका छन।
यसरी आइजिपी खनाल ले प्रहरी सङठनको ‘कमान्ड कन्ट्रोल’ मजबुत गरि प्रहरी लाई समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत ६५३ स्थानीय निकाय मध्ये ६५१ स्थानीय निकाय सङ सम्झौता गरि प्रहरी लाई स्थानीय जनतासँग जोड्न सफल भएका छन भने त्यसै मार्फत अपराधिक गतिबिधिका सुचना लिने र प्रहरी को आचरण र व्यबहार को स्थानीय प्रतिनिधि मार्फत सुचना लिइ सुधार एबम कार्बाही को योजना ल्याइ सङठन लाई साच्चिकै जनमैत्री बनाएर एशिया कै उत्कृष्ट सङठन बनाउने अभियानमा उनि प्रयासरत रहेको पाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्