नेपाल प्रहरीले ८ जना काज सरुवा गरेको छ। यसअघि प्रहरी निरीक्षक ईन्चार्ज रहने ७ वटा ईलाका प्रहरी कार्यालयमा अब प्रहरी नायब उपरीक्षक खटिने भएका छन्।
बारा जिल्लाको अति चुनौतिपूर्ण ठाउँको रुपमा हेरिएको ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायव उपरीक्षक गोविन्द पुरी जाने भएका छन्।उनले यसअघि महानगरीय प्रहरी वृत्त महाराजगन्ज ,ईलाका प्रहरी कार्यालय लेखनाथ जस्ता स्थानको सफल कमाण्ड गरिसकेका छन्। उनले आफ्नो कार्यकालमा महाराजगन्जमा र लेखनाथमा अहिले प्रहरी बसिरहेको भवन निर्माण गर्नुका साथै जनस्थरमा समेत उल्लेखनिय कार्य गरेका थिए।
त्यस्तै डिएसपी मकेन्द्र कुमार मिश्रको ईप्रका महेन्द्रनगर (सप्तरी), डिएसपी लक्ष्मीराज अधिकारीको ईप्रका बेलबारी मोरङ्ग ,डिएसपी ज्ञान बहादुर बिष्टको ईप्रका मालाखेती ,डिएसपी खगेन्द्र बहादुर खड्काको ईप्रका गजुरी, डिएसपी तुलसीराम अर्यालको ईप्रका गरुडा ,डिएसपी बेद प्रसाद गौतमको वडा प्रहरी कार्यालय (क) बिराटनगर ,डिएसपी गणेश बहादुर बमको जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा काज सरुवा भएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्