काठमाडौँ। गत शुक्रबार होटल ब्यबसायी सुमित मैनालीको घरमा काम गर्न बसेकी १४ बर्षीय सुनिता थामी मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले हिजो मात्र सार्वजनिक गरेको सो घटनाको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उनको मृत शरीर घरको पानी ट्यांकीको मुनि झुण्डिएको अवस्थामा भेटिएको थियो।
चार वर्ष अगाडी दोलखा जिल्ला भीमेश्वर नगरपालिका घर भएकी सुनिता थामीलाई कमला मैनालीको सहयोगमा काठमाडौँ ल्याई सुमित मैनालीको घरमा काम गर्न राखिएको थियो। मृतक परिवारका अनुसार सुनितालाई ४ बर्षसम्म अत्यन्त न्युन पारिश्रमिकमा परिवारलाई समेत भेट्न नदिई बन्दक बनाएर राखेका थिए। बालशोषण गरेको मैनालीले उनलाई बर्षमा ३ पटक मात्र पारिश्रमिक दिएको परिवारले बताएको छ। मृतक सुनिताको परिवारले उनलाई बलात्कार पछि हत्या गरीएको बताउंदै आएको छ। उनका एक आफन्त भन्छन।,” अपराधिक तरिकाले चरम यातना दिई सुनितालाई बलात्कार गरेर मारेका हुन् ,उनको शरिरलाई पानीट्यांकीमा झुण्डाएर आत्महत्या देखाउन खोजिएको मात्र हो। “
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले लासलाई झुण्डिएको ठाउँबाट ४ मिटर जति पर सारी हतार हतार मुजुल्का तयार पारेर परिवारको सहमति बिनै रातारात पोष्टमार्टम गर्ने भन्दै टिचिङ्ग हस्पिटल लगेको थियो।
सुनिता झुण्डिएको भनिएको ठाउँ रगताम्मे थियो र त्यहाँ कुनै मिडियालाई प्रवेश दिईएको थिएन।घटना शंकास्पद छ भन्दाभन्दै हतार हतार किन शव उठाईयो ,किन अपराधीलाई खोज्न आनाकानी गर्यो भन्दै पिडित परिवारले महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईंको भूमिका माथिनै शंका गरेका छन्।
त्यस क्षेत्रका सबैजसो होटलहरुमा चरम बालशोषण हुने गरेको भएपनि होटल ब्यबसायी संघका केहि पदाधिकारीसँग उनको राम्रै उठबस भएकाले कुनैपनि होटलवालाई कारवाही गर्न सकेका छैनन्। पछिल्लो समय उनले बालुवा एक बालुवा तस्करको ओलिभ रेस्टुरेन्ट नजिकै रहेको अफिसमा बसेर सेटिंग मिलाउने गरेको नाम नबताउने शर्तमा एक प्रहरीले बताएका छन्। आफुलाई आईजी मान्छे हुँ भन्दै हिड्ने बालुवा तस्करको अफिसमा विवादित मान्छेहरुलाई उनले पटक पटक भेट्दै आएको कुरा श्रोतले बताएको छ।
पछिलो समय निक्कै विवादमा आएका बृतका डिएसपी फणिन्द्र प्रसाइँको कमजोर कमाण्डका कारण महाराजगन्ज वृत्तमा पटक पटक यस्ता घटना भईरहेका छन् । यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा वृत्त महाराजगंजमा कार्यरत एक इन्सपेक्टर निलम्बनमा परेका थिए ।
सेटिङमा मुछिएका डिएसपी प्रसाईंले भने शक्तिको आडमा उन्मुक्ति पाएका थिए । केहि सर्बसाधारणले अनुसन्धानमा ल्याइएको व्यक्ति फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका समेत गरेका थिए । उक्त क्षेत्रमा लूटपाट र चोरीका घटना दैनिक जसो बढिरहे पनि नेकपा निकट केहि नेताको दबाबका कारण महाराजगंज वृत्तको प्रमुख भएका प्रसाईंलाई तालुक कार्यालयले समेत कारवाही गर्न सकेको छैन।
आफ्नो प्रतिकृया दिनुहोस्