काठमाडौँ। मुटुको शल्यक्रिया गर्दा गलत रगतका कारण मृत्यु भएकी आकृति कुमारी साहका परिवारले प्रहरीमा दिएको किटानी जाहेरी लिन महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपीनै मानिरहेका छैनन्। आकृतिको मुटुको शल्यक्रिया गर्दा ‘ओ पोजेटिभ’ रगतको सट्टामा ‘ए पोजेटिभ’ रगत प्रयोग गरिएपछि आकृतिको शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा मृत्यु भएको थियो।
अस्पतालको चरम लापरवाहीले आफ्नो छोरीको मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिन पुगेका आकृतिका बाबु राम प्रवेश साहलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाईंले उल्टो पिडितलाई हकारेर पठाएका छन्। सल्ला गर्नु छ भन्दै बोलाएर उल्टै आन्दोलन हुन्छ पुरा बबण्डर हुन्छ भन्दै हकारेको पीडितका बाबु साह बताउँछन्।मृतकका आफन्त सुरेन्द्र साह डिएसपीले नै अपराधी बचाउन खोजेको दावी गर्छन। “हामीले गलत रगत दिने ल्याब को मान्छे,केरकार गर्ने प्रशासन र केहि शंकालागेका मानिस समात्नुस जो संग्लन छैनन् उनिहरुलाई छोडीदिनुस तर हामीलाई न्याय दिनुस भन्दा डिएसपीले आन्दोलन हुने सम्मको चेतावनी दिएको छन् ” पिडित सुरेन्द्र साह बताउँछन्। आन्दोलन हुन्छ भन्दै अपराधी बचाउन नमिल्ने पिडित पक्षको भनाई छ। “हामीले निर्दोष मान्छे समात्नुस भनेका छैनौँ सत्यतथ्य छानबिन गर्नुस भनेका छौँ तर जाहेरी नलिने कति सम्मको अन्याय हो। पुलिसलेनै अपराधी जोगाउन थालेपछि कहाँ जाने ?”पिडित साह गुनासो गर्छन।
महानगरीय प्रहरी वृत्तमा कार्यरत एक प्रहरी जवान डिएसपी प्रसाई र अस्पताल प्रशासन बीच निकट सम्बन्ध रहेको बताउँछन्। यस घटनामा डिएसपीले आर्थिक लाभ लिएको हुनसक्ने पिडित पक्षको आरोप छ।
डिएसपी सँधै विवादमा
यसअघी २३ लाख घुस काण्डमा समेत विवादमा आएका डिएसपी प्रसाईको कमाण्ड त्यति राम्रो मानिएको छैन।गएको चैत्र महिनामा सबैभन्दा धेरै पाकेटमारी र मोटरसाईकल चोरीका घटना उनकै एरियामा धेरै छन्। चोरीका घटना बढेपछि उनलाई यसअघिका परिसर प्रमुख एसएसपी बसन्त लामाले कार्यकक्षमै बोलाएर हप्काएका थिए। नेकपा निकट केहि नेताका दबाबमा महाराजगंज वृत्त सरुवा भएका प्रसाईमाथि पटकपटक विवादमा आउँदा समेत महानगरीय प्रहरीको कार्यालयले कुनै कारवाही गर्न सकेको छैन।
हिजो र अस्ति पनि चोरी
जेठ १ गते बेलुका साँढे ७ बजेको समयमा गंगालाल अस्पतालबाट चावहिल जाने माइक्रोमा चढेका गणेश कुमार ज्ञवालीको सुकेधाराबाट ४ जनाको समुहमा आएका केटाहरुले जिन्स पाइन्टको अगाडिको खल्तीबाट ३५ हजार ५ सय पाकेटमारेर फरार भएका थिए। सो घटनामा इस्न्पेक्टरको कमाण्डमा टोलि खटिएको थियो।
त्यस्तै वैशाख ३१ गते टोखा नगरपालिका वडा नं. ३ स्थित मुना माया थापाको १ तल्ले घरमा बिहान साढे ४ बजे चोरी भयो।थापा बिहान गाई दुहुन गोठमा गएको समयमा उनको घरमा चोरी भएको थियो।
उनको घरबाट साढे ३ तोलाको सुनको सिक्री ,११ आनाको टप,बच्चाको टप र औठी २ तोला ,चाँदीको बाला र पाउजु ४० तोला ,हातमा लगाउने बाला ५ तोला नेपाली नगद ३ लाख र अमेरिकी डलर २००० गरेर करिब १२ लाख बराबरको धनमाल चोरी भएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्