काठमाडौँ। महानगरीय प्रहरी परिषर टेकु र महानगरीय अपराध महाशाखाले “गुण्डा सफाई ” अभियान सुरु गरेका छन्। प्रहरीले गुण्डाको सूचीनै बनाएर खोजि कार्य सुरु गरेसँगै ठुला तथा टोले गुण्डाहरुको भागाभाग सुरु भएको छ।
पछिल्लो समय ठमेल क्षेत्रमा हप्ता अशुली गर्दै हिड्ने टोले गुण्डा भोजे भनिने भोज लामालाई महानगरीय प्रहरी प्रहरी वृत्त लैनचौरले गए राती पक्राउ गरेको छ। प्रहरीको गुण्डा सुचिमा समेत रहेका भोजे ठमेलमा बिशाल लामाको गाडी तोडफोड गरेको केसमा फरार थिए। केहि दिनदेखि ठमेल क्षेत्रमा उनले आफुलाई मासिक रुपमै पैसा चाहिने भन्दै व्यवसायी धम्काउँदै आएको मौखिक उजुरी प्रहरीमा परेको थियो। उनले केहि रात्रीकालिन व्यवसायीलाई मासिक रुपमा ३० हजार देखि ५० हजार सम्म चाहियो भन्दै रेस्टुरेन्टमै गएर टेबुल ठोक्ने गरेको एक रेस्टुरेन्ट संचालकले बताएका छन्।
महानगरीय प्रहरी परिषर टेकुका प्रबक्ता होबिन्द्र बोगटीले यस्ताखाले अपराधीहरुको सफाया हुने बताएका छन्। भोजेले आफुलाई कांग्रेस नेता तिर्थलामाको भाई तथा दिपक मनाङ्गेको उत्तराधिकारी बताउने गरेको पिडितहरुले बताएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्