सिराहा। नेपाली सेनाको रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर २ स्थित मलहनिया चोकमा रोकिराखेको श्री नयाँ गोरखनाथ गण चोहर्वाको बा.१ ग. २४६२ नम्बरको गाडीमा गुडिरहेको
स.६ प. ८०१३ नम्बरको मोटरसाईकल ठोक्किएको हो ।
दुर्घटनामा परेर मोटरसाईकलमा सवार एकजना घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मिर्चैया नगरपालकिा ५ बस्ने चालक सागरकुमार जयसवाल रहेका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस्