पर्सामा भाइद्वारा आफ्नै दाजुमाथि गोली प्रहार भएको छ । सामान्य घरायसी विवाद हुँदा सेरा उदीनले आफ्नै दाजु सेख थारुकमाथि गोली प्रहार गरेका छन् । प्रहरीका अनुसार घाइते भएका थारुकको उपचारका लागि बीरगंज पठाइएको छ ।
प्रहरीका अनुसार गोली प्रहार गर्ने भाइ सेरा उदीनलाई नियन्त्रणमा लिइएको छ भने उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।
आफ्नो प्रतिकृया दिनुहोस्