भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ ।
राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नायव सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएपछी आयोग टोलीले सुबेदीलाई नियन्त्रणमा लिएको हो ।
टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्