काठमाडौँ। नेपाली सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवा भएका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा वसेको मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।नेपाल सरकारका प्रवक्ता एबम् सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको बताउनु भयो । सेनामा बलाध्यक्षरथी र बलाधिकृतरथी गरी दुई रथीको दरबन्दी रहेने व्यवस्था छ। रथीमा बढुवा भएसंगै तण्डुल सेनाको बलाध्यक्षरथी बनेका छन् । यसअघि सेनाका रथी हेमन्त कुँवरले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उनको ठाउंमा टण्डुलको बढुवा गरिएको हो ।
त्यस्तै बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागी नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नै सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । बारा र पर्सामा गएको चैत १७ गतेको साँझ हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्