मनोज आत्मीय । महानगरीय प्रहरी परिषर काठमाडौँ मा कार्यरत प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटी बिगत केहि दिनदेखि एक कुख्यात ठगको खोजीमा थिए। बिभिन्न प्रलोभनमा धेरै युवतीलाई ठगेर भाग्दै हिंडेका ठग थिए प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का शशिधर खड्का। खड्काकै खोजीमा रहेका प्रहरी नायव उपरीक्षक बोगटीलाई सेभ नगरिएको एक नम्बरबाट फोन आयो।
‘हेलो म उर्जामन्त्रि बर्षमान पुन को आफ्नै भतिज सन्तोष पुन बोलेको मेरो मान्छे शशिधर लाई किन खोजेको ? त्यसलाई दु:ख नदिनु र नखोज्नु’ फोनमा यस्तो धम्कीपूर्ण आवाज सुने पछि डिएसपी बोगटी एकछिन त अलमलमा परे। यस घटनाको नजिकबाट अनुसन्धान गरिरहेका डिएसपी बोगटी भन्छन “त्यस्तो ठगलाई जोगाउन मन्त्रीकै मान्छे बाट फोन कसरी आउँन सक्छ? भन्ने मलाई लाग्यो र मैले नम्बर भेरिफाई गरें। ” पछि थाहा भयो त्यस दिन फोन आएको नम्बर सन्तोष पुनको नभएर शशिधर ले आफ्नो मायाजालमा पारेर ठग्न ठिक्क पारेको मनमैजु बस्ने तामाङ्ग थरको एक युवतीको रहेछ।र फोनमा बोल्ने व्यक्ति थिए उनै ठग शशिधर खड्का। ” डिएसपी बोगटीले बताए।
त्यसो त डिएसपी होबिन्द्र बोगटी मात्र होइन महानगरीय प्रहरी परिषर काठमाडौँ का प्रमुख एसएसपी बसन्त लामा लाई समेत त्यस्तै प्रकृतिको फोन आएको रहेछ। परिषर काठमाडौँ का प्रबक्ता डिएसपी होबिन्द्र बोगटी भन्छन “वान सर लाई पनि यस्तै फोन आएको थियो,शाशिधरकै बिषयमा।”
उनका अनुसार शाशिधरले आफै एक युवतीको फोन प्रयोग गरेर म मानवअधिकार कार्यालय हरिहर भवनबाट शशिधर खड्का बोलेको तपाईको स्टाफलाई मलाई नखोज्नु भन्नु भन्दै
एसएसपी बसन्त लामालाई फोन गरेका थिए।
एसएसपी बसन्त लामा , डिएसपी होबिन्द्र बोगटी मात्र नभएर उनले परिषर काठमाडौँ मा कार्यरत अन्य प्रहरी अधिकारी लाई समेत मानवअधिकार बाट हूँ भन्दै धम्कीपूर्ण भाषामा फोन गरेका थिए।
प्रहरीका अनुसार शशिधरले अनिता थापा भन्ने जानुका खड्का संग मिलेर पाटन उच्च अदालतमा डिएसपी होबिन्द्र बोगटी , ईन्स्पेक्टर अनिल ठकुरी ,ईन्स्पेक्टर ओम प्रकाश यादव लगायतका बिरुद्धमा अदालतको अपहेलनामा व्यक्तिगत मुद्दा हालेका छन्। शशिधर खड्कालाई महानगरीय प्रहरी परिषर टेकुले २९ चैत्रमा २०७५ मा पक्राउ गरि जबरजस्ती करणी र ठगीमा अनुसन्धान गरिरहेको छ।
को हुन् शशिधर खड्का ?
फिटनेस क्लब ,रेस्टुरेन्ट लगाएतका भिआइपि ठाउँमा भेटिएका महिलालाई मायाजालमा पारेर ठगि गर्दै हिड्ने ३१ बर्षीय शशिधर खड्का प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का स्थाई बासिन्दा हुन्। प्रहरीको अनुसार उनको प्युठानमा १ श्रीमती १ छोरा र १ छोरी छन्। बारामा १ श्रीमती र १ छोरी छन्। ललितपुरमा १ श्रीमती १ छोरी छन् भने हालसम्म बिवाह गरेर छोडेका श्रीमती मध्य ३ जना प्रहरीको सम्पर्कमा आएका छन्। कतिपय महिलाले शशिधर कै कारणले श्रीमान लाई छोडपत्र दिएर बसेका छन्। अमेरिका र क्यानाडाको भिसा लगाईदिन्छु भन्दै विवाहको नाटक गरेर ठगि गर्ने खड्काले गुलाब सिंह ,बिजय थापा , परास खड्का ,विप्लब जस्ता नाम बताउँदै आएका थिए। उनलाई यसअघी परिषर ले नै मुद्दा नम्बर ३६६ मा ठगी मा मुद्दा चलाएको थियो।
हाल उनलाई बचाउन भन्दै चितवन बाट एक बिचौलिया महिला समेत काठमाडौँ आएको पाइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्