काठमाडौं । काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको शब फेला परेको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युचाटार पुलमा बसेर माग्ने गर्थे । घटनालगत्तै प्रहरी फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरसहित घटनास्थलमा पुगेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनको धारिलो सिसा प्रयोग गरि हत्या गरिएको हो। प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । सो घटनापछि उनीसँगै बस्दै आएका अर्का एक युवक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका ती व्यक्तिसँग उनले बेलाबेलामा झगडा गर्ने गरेको स्थानीय बताउँछन् । अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा आहिले सम्म कुनै सुराक दिन सकेको छैन ।
स्रोतका अनुसन्धान घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुकुर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेन ।
यस घटनाको सम्बन्धमा प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्