सुनसरी। नागरिकता बनाईदिने आश्वासन दिई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा ईनरुवा नगरपालिका-३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चेत प्रसादले अधिकारीले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी-९ बस्ने ४६ वर्षीया एक महिलाको नागरिकता बनाईदिन्छु भन्दै उक्त रकम लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्