काठमाडौं । हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन् ।
बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए-नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानलाई दुवै पक्षले उल्लघंन गरेका छन् ।
२०७२ माघ १ गतेदेखि २०७५ पुस मसान्तसम्मका लागि सेनाको हाई एनर्जी बिस्कुट खरिदको जिम्मा चौधरी ग्रुपअन्तर्गतको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालिले पाएको छ ।
त्यस्तै, सेनाले करिब १७ करोड रुपैयाँ बराबरको कन्डेन्स मिल्क पनि चौधरी ग्रुपअन्तर्गतकै हेटौंडा इन्डस्ट्रिज प्रालिबाट खरिद गर्दै आएको छ ।
बिस्कुट र दूधको गुणस्तर सेनाले मापन नगराइ आफ्ना जनशक्तिलाई उपलब्ध गराउने गरेको छ ।यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्