काठमाडौँ- कलङ्कीमा रहेको साइरस सहकारी लगायत आधा दर्जनभन्दा बढी संस्थाहरुमा आवद्ध रहेका मुकुन्द लाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रुपैयाँ ठगेको अभियोगमा आधा दर्जनबढी उजुरी परेपछि थप अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले कोसँग कति ठगेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ भने उजुरी आउने क्रम पनि अझै जारी छ । पक्राउ परेका श्रेष्ठका विरुद्ध करिव डेढ करोड रुपैयाँ ठगीको उजुरी आइसकेको छ भने पक्राउ परेपछि थप उजुरी आउने क्रमसमेत नरोकिएको बुझिएको छ । उनी कलेज सञ्चालकसमेत हुन् ।
कलंकीमा रहेको साइरस कलेजका संचालक समेत रहेका उनीविरुद्द २६२ जनाको उजुरी परिसकेको प्रहरीले जनाएको छ । – अर्थ सरोकार डटकमबाट साभार
आफ्नो प्रतिकृया दिनुहोस्